सुडानका राष्ट्रपति बसिरलाई अपदस्थ गर्ने सेना प्रमुखले किन पद त्यागे ?


एजेन्सी – गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुप लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग रहेको थियो।

सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोध प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको हाे । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी समेत गरेका बेला राष्ट्रपति ओमार अल-बशीरलाई पदच्युत गर्ने सैनिक ’कू’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्का प्रमुखले पद छाडेका छन्। रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन्।

उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएका छन्। सत्ता हत्याएकाहरू बशीरसँग निकै निकट रहेको भन्दै प्रदर्शनकारीहरूले सडकबाट नहट्ने बताएपछि पछिल्लो घोषणा आएको हो। उनले लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुररहमा बुरहानलाई सुडानको नेतृत्वका लागि जिम्मा लगाएका छन्। अवाद सुडान मिलिट्री आउन्सिलका प्रमुख पनि थिए। उनकै अगुवाइमा बुधबार बसिरलाई अपदस्थ गरिएको थियो।

बसिरले राष्ट्रपतिबाट राजीनामा दिएपछि सुरु भएको प्रदर्शन नरोकिएको अवस्थामै अवादको यस्तो निर्णय आएको हो। बसिरलाई पदबाट हटाएपछि सेनाले सुडानमा संकटकाल घोषणा गरी कर्फ्यु पनि लगाएको थियो। तर यसका बाबजुद बसिर समर्थक जनताहरुले राजधानी खार्तुममा सेनाको मुख्यालयअघि नै प्रदर्शन गरेका थिए।

महँगीको विरोधमा गत डिसेम्बरमा शुरू भएको प्रदर्शनबीच बशीरको शासन अन्त्य हुन पुग्यो। एकाइसौँ शताब्दीको शुरूतिर भएको डार्फर द्वन्द्वका बेला इब्न औफ सैनिक गुप्तचर निकायका प्रमुख थिए।संयुक्त राज्य अमेरिकाले सन् २००७ मा उनीमाथि प्रतिबन्ध लगायो। इब्न औफको बहिर्गनको खबर सुनेपछि खार्तुममा प्रदर्शनकारीहरूले खुसियाली मनाएका छन्।

प्रदर्शनको नेतृत्व गरिरहेको द सुडान प्रोफेसनल्स एसोशिएशनले पद छाड्ने इब्न औफको निर्णय प्रदर्शनकारीका लागि एउटा ’जित’ भएको बताएको छ। आफूहरू घर फर्कनुअघि नागरिक सरकार गठन हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ । अहिले सत्ताको नेतृत्व पाएका व्यक्ति पनि एक उच्च सैनिक अधिकारी हुन्। तर समाचार संस्था एपीका अनुसार सेनाका अरू जेनरलभन्दा उनको छवि स्वच्छ छ। उनले प्रदर्शनकारीका धारणा बुझ्नका निम्ति उनीहरूलाई भेट्ने बताइएको छ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतले बशीरलाई दोषी पनि ठहर गरेको छ। बिहीवार बशीरलाई पदच्युत गरिए पनि प्रदर्शन रोक्न प्रदर्शनकारीहरूले अस्वीकार गरे र सेनाद्वारा जारी निषेधाज्ञाको अवज्ञा गर्दै खार्तुमस्थित सैनिक मुख्यालयबाहिर बसिरहे।

शुक्रवार सैनिक परिषद्का एकजना प्रवक्ताले सेनाले सत्ता नचाहेको र सुडानको भविष्य जनताले निर्धारण गर्ने बताए। तर सेनाले शान्ति सुव्यवस्था कायम गर्ने र कुनै प्रकारको अस्तव्यस्तता सह्य नहुने जनाएको छ।

यो पनि पढ्नुहोस्…

सुडानमा राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै

प्रतिक्रिया दिनुहोस
Advertisement