कार्यालयमा आगलागी भएपछि सुबिसुले भन्यो : सकेसम्म छिटो सेवा प्रदान गर्नेछौं


काठमाडौं – इन्टरनेट तथा केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो कार्यालयमा आगलागी भएपछि ग्राहकवर्गमा असर परेको भन्दै सकेसम्म छिटो सञ्चालनमा आउने जनाएको छ ।

‘आगलागीपछि धेरैठाउँमा हाम्रो सेवा अवरुद्ध भएको छ,’ सुबिसुले भनेको छ,’ग्राहकवर्गलाई हामी विश्वस्त तुल्याउन चाहन्छौं । सकेसम्म छिटो हामीले सेवा प्रदान गर्नेछौं ।’

बुधबार दिउँसो सुबिसुको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको थियो । सिष्टम शाखामा आगलागी भएका कारण धेरै ठाउँमा सेवा अवरुद्ध भएको सुबिसुले जनाएको छ । आगलागीबाट कति क्षति पुगेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement