चितवन – चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको हाे । सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।
प्रतिक्रिया