ब्रेकिंग न्युज समाचार

पुडासैनी आत्महत्या प्रकरण :रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टिभीका प्रस्तोता रवि लामिछाने सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

dish home

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।  लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो।

प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत र्पुयाएको थियो। उनीसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो। चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top