दोस्रोपटक मन्त्री किरातीले महानिर्देशकलाई सोधे स्पष्टीकरण, ३ दिनभित्र जवाफ बुझाउन पत्राचार

दोस्रोपटक मन्त्री किरातीले महानिर्देशकलाई सोधे स्पष्टीकरण, ३ दिनभित्र जवाफ बुझाउन पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेका छन् ।

यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई सात दिनको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, सात दिनको समय सकिँदा पनि महानिर्देशक अधिकारीले त्यसको जवाफ दिएनन् ।

अधिकारीले आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् । उनले अधिकारीलाई तिन दिनभित्र जवाफ दिन अधिकारीलाई पत्राचार गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको लगायतका विषयमा मन्त्री किरातीले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए ।

यो पनि पढ्नुहोस्,  प्रचण्डले वेवास्था गरेपछि महानिर्देशक अधिकारीलाई कारबाही गर्ने मन्त्री किरातीको तयारी