प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच छलफल

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग छलफल गर्न पुगेका छन् । गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबीच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । 

गृहमन्त्री गुरुङले हिजोराति अबेरसम्म सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए । राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

गुरुङ विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका छन् ।