संसद र सरकार अरुले नै चलाउँदो रहेछ,हामी त डमीमात्रै रहेछौँ : पर्यटनमन्त्री किराती


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफू भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गरेका छन्।

मंगलबार संघीय संसद्‌अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री किरातीले संसद र सरकार अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गरेका हुन्।

उनले भने, ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौं। अरूले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो। हामीले पर्यटनको क्षेत्रमा धेरै ऐन बदल्नु छ।र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्यो । चासो गरिदिनु पर्यो । तपाईँहरूले बोलिदिनु पर्यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदहरूलाई आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement