विवादमा तानिएपछि गृहमन्त्री गुरुङ र रास्वपा सभापति लामिछानेबिच छलफल

विवादमा तानिएपछि गृहमन्त्री गुरुङ र रास्वपा सभापति लामिछानेबिच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवादमा तानिएपछि गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) सभापति रवि लामिछानेबिच छलफल भएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग मन्त्री गुरुङ व्यापारिक साझेदार भएको समाचार सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछानेलाई भेट्न गुरुङ बुढानीलकण्ठस्थित निवास पुगेका थिए ।

गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र पनि छलफल भएपछि उनले सभापतिलाई भेटेका हुन् । रास्वपाको सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पनि गुरुङको विषयमा छलपल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले पनि यस विषयमा आन्तरिक गृहकार्य थालेको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच यसै विषयमा सोमबार बिहान छलफल भएको छ । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार नै बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल भएर आवश्यक निर्णय लिने तयारी छ ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए ।