सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता


खार्तुम – सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् ।

घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिए । “सुडानी जनताका लागि यो घोषणा गर्न पाउदा म धेरै खुशी छु की, राष्ट्रिय, अन्तर्राष्ट्रिय र अफ्रिकी क्षेत्रलाई ठूलो उपलपब्धि भएको छ,” लेबटले भन्नुभयो । सम्झौताका केही प्राविधिक पक्ष मिलाउनका लागि दुई पक्षकाबीचमा अझै केही समय बैठक चलिरहने पनि उहाँले जानकारी दिए ।

सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति प्रक्रिया हुदै निर्वाचनसम्मका विषयबस्तु समेटिएको छ । सैनिक परिषद् र यो विपक्षी गठबन्धनले गत जुलाई १७ तारिखका दिन राजनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सुडानमा आन्दोलनकारीसँग वार्ता गरेर सैनिक र नागरिकको संयुक्त सरकार बनाउने प्रक्रिया तिव्ररुपमा अगाडी बढीरहेको छ । सैनिक परिषद्ले अन्य आन्दोलनकारी समूहहरुसँग पनि वार्ता र सम्झौताको प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement