साउथ सुडान घट्नामा शान्ति सैनिक दोषी पाइएमा कार्वाही गर्छौः नेपाली सेना


काठमाडौं– नेपाली सेनाले साउथ सुडानमा बलत्कारको घटनामा संलग्न सैनिकहरुलाई कार्वाही गर्ने जनाएको छ । सैनिक जनसम्र्पक निर्देशनालयले विज्ञप्ती जारी गर्दै दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशन अनमिसको सेक्टर वेस्टअन्र्तगत नेपाली शान्ति सैनिक खटिएको क्षेत्रमा घटेको घटनाप्रती सेनाले ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘अवेल सुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जवरजस्ती भित्र छिर्न खोज्दा उक्त घटना भएको सम्वन्धमा विभिन्न अनलाइन तथा प्रिन्ट मिडियाहरुमा विभिन्न कोणबाट समाचार प्रकाशन भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’

सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार साउथ सुडानमा घटेको घटनाका सम्वन्धमा अनमिस मिशन मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानविन समिति गठन गरी काम अघि बढिसकेको छ ।

नेपाली सेनाले एसईएमा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट समेत पारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement