नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलिलालाई पठाउने भारतको तयारी

नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलिलालाई पठाउने भारतको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलिलालाई पठाउने तयारी गरेको छ ।

निवर्तमान राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरी नयाँदिल्ली फर्किएपछि भारतले नयाँ राजदूत पठाउन सिफारिस गरेको हो ।

भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक स्रोतका अनुसार नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलिलालाई पठाउने तयारी गरेको छ । दलिला हाल भारतको विदेश मन्त्रालयमा आर्थिक मामिला हेर्ने विभागको सचिवमा कार्यरत छन् ।

श्रीवास्तवले सन् २०२२ जुन २५ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकाल सकिएपछि भारतीय दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ राकेश पाण्डेले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हालेका छन् ।

नेपालका लागि नयाँ राजदूतका रूपमा भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी मुनु महावर तथा राजनीतिक पृष्ठभूमिका रविशंकर प्रसादसहितका नाम चर्चामा थिए । दलिला भारतीय विदेश सेवाका कूटनीतिज्ञ हुन् ।

नेपालमा उनको नियुक्ति भएपछि २ देशबिचको कूटनीतिक सम्बन्ध तथा आगामी उच्चस्तरीय भ्रमणका विषयमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले यसअघि भारतका लागि डा. निश्चलनाथ पाण्डेलाई राजदूतका रूपमा सिफारिस गरिसकेको छ ।  

श्रीवास्तवले नेपालमा करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । कार्यकाल पूरा गरेपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिदाइ भेटसमेत गरेका थिए ।