गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री मेहताका साथ मृतक ओमप्रकाशको घर जाँदै

गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री मेहताका साथ मृतक ओमप्रकाशको घर जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक ओमप्रकाश मेहताको घर जाने भएका छन् ।

विवाद चर्किएर अरु जिल्लामा पनि फैलिएपछि सक्रिय हुन थालेका गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री निशा मेहताका साथ मृतक ओमप्रकाशको घर जाँदैछन्, त्यसपछि मन्त्रीद्वय सिरहा जाने रास्वपा स्रोतले जनाएको छ । सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।

सुनसरी जानुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गरेका थिए ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा बिहीबार मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।