म्याकमुलेनको अर्धसतकमा सुदूरपश्चिमले काठमाण्डुलाई दियाे १६८ रनको लक्ष्य

म्याकमुलेनको अर्धसतकमा सुदूरपश्चिमले काठमाण्डुलाई दियाे १६८ रनको लक्ष्य


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको नवौं खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डुलाई १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिमका लागि सर्वाधिक विनोद भण्डारीले ३५, ब्रान्डोन म्याकमुलेनले ५३, दीपेन्द्रसिंह ऐरी ४३ रन जोडे ।

काठमाण्डुका लागि रासिद खानले २ विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक–एक विकेट लिए।