काश्मीर आक्रमणमा मारिएका सुदीपको शव आइपुग्यो

काश्मीर आक्रमणमा मारिएका सुदीपको शव आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल आइपुगेको छ ।

दिल्ली हुँदै सुनौलीसम्म आइ पुगेको उनको शवलाई भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।

सुदीपको बिहीबार नै बुटवलको कालिका नगरमा अन्तिम संस्कार गर्ने तयारी छ ।