धनगढी – नेपाली कांग्रेसबाट सुदूरपश्चिम सरकारमा प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापा बन्ने मन्त्री टुंगो लागेको छ । यसको औपचारिक निर्णय हुन भने बाँकी छ । १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीमा खड्का र थापाको आमलाई औपचारिकता दिनेछ । थापा मुख्यमन्त्री बन्नका लागि पनि लागेका थिए
कांग्रेसबाट गीता चौधरी र ललिता सुनुवारलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेस र एमालेबीच भएको भागबण्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाउने उल्लेख थियो ।
कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयबाट नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा समेट्न एउटा मन्त्रालय दिने भएको छ ।
एमालेले मन्त्री छान्न २ बजे संसदीय दलको बैठक बोलाएको छ । एमालेबाट सुरेन्द्र पाल भौतिकमन्त्री बन्ने टुंगिएको एमाले नेताहरू बताउँछन् ।
३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया