सुदूरपश्चिममा नीति–कार्यक्रम अनुसार बजेट आए कांग्रेसले पारित गर्न नदिने

सुदूरपश्चिममा नीति–कार्यक्रम अनुसार बजेट आए कांग्रेसले पारित गर्न नदिने


कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित गर्न नदिने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता पूर्वमुख्यमन्त्री कमल शाहले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

नेता शाहले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढंगले आएको बताए । त्यहीँ नीति तथा कार्यक्रमलाई आार बनाएर बजेट ल्याए स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको छ । यसमा समेटिएका धेरै कुरा बजेटमा आउनु हुँदैन । ती विषय समेटेर बजेट ल्याइयो भने बजेट पारित हुन दिदैनौँ,’ दलका नेता शाहले पत्रकार सम्मेलनमा भने ।

बजेट आएपछि अध्ययन गरेर मात्र विरोधका स्वरूप तय गरिने बताउँदै शाहले प्रदेश सरकारले निर्माण गरिरहेको बजेटमा बिचौलियाको बिगबिगी रहेको जानकारीमा आएकाले यस्ता गतिविधि रोक्न आग्रह गरे ।

भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्रायाउने तयारी भइरहेको समाचार आइरहेको भन्दै त्यो कदमको कांग्रेसले विरोध गरेको छ । नेता शाहले मन्त्रालय फुटाइए त्यसको आफूहरुरू सशक्त विरोध गर्ने बताए ।