सुदूरपश्चिमको भौतिक पुर्वाधार मन्त्रालयद्वारा काठमाण्डु पाटीले प्रकाशन गरेको समाचारको खण्डन

सुदूरपश्चिमको भौतिक पुर्वाधार मन्त्रालयद्वारा काठमाण्डु पाटीले प्रकाशन गरेको समाचारको खण्डन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार काठमाण्डु पाटीले धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख विनियोजन शिर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारको खण्डन गर्दै मन्त्रालयका प्रवक्ता मोहन बहादुर कुँवरले समाचारमा सत्यता नरहेको जिकीर गरेका हुन्।

आगामी आर्थिक बर्षका २०८०/०८१ को बजेटमा भौतिक मन्त्रालयका मन्त्री प्रकाश देउवाको आवास भवन मर्मत तथा रंगरोगनका लागि विनियोजन गरिएको बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको मन्त्रालयले बताएको छ।

सार्वजनिक प्रेस विज्ञप्तीमा भनिएको छ,‘नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री र आरजु राणा देउवाको समेत नाम जोडेर प्रकाशित समाचार कपोकल्पित, भ्रामक र तथ्यहीन रहेको छ।’ मन्त्रालयले हालसम्म कुनैपनि मन्त्री देउवा निजी निवासमा बस्दै आएको र मन्त्रालयबाट निवासका लागि कुनै सुविधा नलिएको समेत दाबी गरिएको छ।

यो पनि पढ्नुहोस्,  सुदूरपश्चिम सरकारले ल्याएको बजेट विवादित: आरजुको घर मर्मतका लागि १० लाख बिनियोजन