सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज सदनबाट विश्वासको मत लिँदै छन् ।

हिजो बसेको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकमा सभामुख भीम भण्डारीले सो कुरा जानकारी दिएका हुन् ।

उनले मुख्यमन्त्री शाहबाट विश्वासको मत लिने प्रयोजनका लागि सभाको व्यवस्थापन गरिदिनुहोला भन्दै पत्र आएको सदनलाई जानकारी गराएका थिए । आज दिउँसो ३ बजे शाहले विश्वासको मत लिने छन् । तबसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

हिजोको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश सामूहिक राजस्व संकलन सम्बन्धी अध्यादेश बहुमतले पारित भएको छ ।

अघिल्लो बैठकमा टेबल भएको अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको जानकारी सभामुख भण्डारीले गराएका थिए । त्यसपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सो अध्यादेश स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
त्यसपछि सभामुखले अनुमति दिएपछि प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सुपप्र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि विधायन तथा प्रदेश सभा मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव टेवल गरेका थिए ।

सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।