सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका हुन्।

मुख्यमन्त्री शाहले बिहीबार राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

असार ३१ गते एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि बिहीबार पूरा हुँदैछ।

विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेबिच सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने छ।