सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध मुद्दाको पेसी आज


काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमाथी आज पेसी तोकिएको छ । सर्वोच्च अदालतमा परेको उक्त रिटको पेसी न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको इजलासमा तोकिएको हो ।

स्रोतका अनुसार उक्त मुद्दा सुनुवाइको सूची २७ नम्बरमा छ । सुनुवाइ अन्तिममा राखिएको हुँदा पालो आउने सम्भावना कम रहेको जनाइएको छ । यसअघि साउन १८ मा तोकिएको सुनुवाइ हेर्न नभ्याइनेमा राख्दै असोज १८ का लागि सारिएको थियो ।

त्यसपछि पनि पटक-पटक सुनुवाइ सर्दै आएको छ । गत जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए । १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement