सुदूरपश्चिम प्रदेश सरकारद्धारा ३० अर्ब ३३ करोडको बजेट विनियोजन (पूर्णपाठ)


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गरेका हुन् ।

चालू आर्थिक वर्षको बजेट ३३ अर्ब ३८ करोड रुपैयाँ थियो । यस वर्षको भन्दा आउने वर्षको बजेट ३ अर्ब ४ करोड २२ लाख रूपैयाँ कम छ । प्रस्तुत बजेटमा १७ अर्ब ६५ करोड ४० लाख पुँजीगततर्फ र चालूतर्फ १० अर्ब ६६ करोड ९ लाख रहेको मन्त्री शाहले जानकारी दिए ।

प्रदेश सरकारले क्षेत्रगत कार्यक्रम तथा विनियोजन अन्तर्गत आन्तरिक मामिला मन्त्रालयलाई ४२ करोड ८५ लाख, आर्थिक मामिला मन्त्रालयलाई ३० करोड ३३ लाख २३ हजार, उद्योग वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ११ करोड ३८ लाख ४१ हजार, सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड ५९ लाख बजेट छुट्याइएको छ ।

यस्तै स्वास्थ्य क्षेत्रमा दुई अर्व ४२ करोड ५८ लाख ९० हजार रुपैया बजेट विनियोजन गरेको मन्त्री शाहले जानकारी दिए । बजेमा खोपको पहुँच पु¥याइने र प्रयोगशालाको स्तरोन्नति गर्ने पनि उल्लेख गरिएको छ । प्रदेश सरकारले महामारी व्यवस्थापन तथा प्रयोगशालाको सुदृढीकरण मा ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, महामारी नियन्त्रण, व्यवस्थापन, साधनको अभाव हुन नदिन ९० करोड रकम विनियोजन गरेको मन्त्री शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement