इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता, कसकाे कति मत ?


काठमाण्डु- इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले अग्रता लिएका हुन् ।

 वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ३४५ मतले पछाडि पार्दै नेम्वाङले दुई हजार ५४२ मत लिएका छन् । खड्काले दुई हजार १९७ मत पाएका छन् ।

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement