इलाम २ मा एमाले र कांग्रेसको मतान्तर ५ हजार ६७१


काठमाण्डु – इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग मतान्तर बढाउँदै लगेका छन् ।

दुवै उम्मेदवारको मतान्तर ५ हजार ६७१ पुगेको छ । पछिल्लो विवरणअनुसार सुहाङले १६ हजार ९४४ मत ल्याउँदा डम्बरले ११ हजार २७३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बुले २ हजार ८०३ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement