इलाम-२ बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन


काठमाण्डु- इलाम-२ मा हुने उपनिर्वाचनका लागि सुहाङ नेम्वाङले नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न निवेदन दिएका छन् ।

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम-२ बाट आफूलाई उम्मेदवार बनाउन पार्टीमा निवेदन दिएका हुन् । पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । निवेदन माग अनुसार सुहाङले उम्मेदवार बनाउन भन्दै निवेदन दिएका हुन् ।

अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन् । एमालेबाट इलाम-२ मा बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलाल, सुहाङले आफूलाई बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गतभदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाच हुनलागेको हो । गतवर्षको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए । सुहाङ सुवास नेम्वाङका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement