प्रहरीकी श्रीमती नै छोराछोरी लिएर नारायणीमा हाम फालेपछि…


कावासोती – दुई छोराछोरी साथमा लिएर नारायणी नदीमा हाम फाल्ने एक महिलाको उद्धार गरिएको छ ।

नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे २ वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।

आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका पति प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement