अख्तियार प्रमुख घिमिरेको आयू २०० वर्ष होस् भन्दै आचार्यले किन गरे आत्महत्या ?


काठमाडौं – भ्रष्टाचर गरेको आरोपमा निलम्बनमा परेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय आचार्यले त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा दुई पाना लामो सुसाइड नोट लेखेको प्रहरीले फेला पारेको छ ।

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । उनी आइतबार झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

यस्तो छ आचार्यले लेखेको सुसाइड नोटः

सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ । प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्तालाई निर्दोष विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौंले सहयोग गर्नु ।

आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ ।

खातामा पैसा छन् । श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।

वीरेन्द्र काकालगायत छिमेकीले भंैसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३ औँ दिनमा सबै फुकाउनू । संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement