सुकुम्बासीका लागि अस्थायी बसोबासको प्रबन्ध

सुकुम्बासीका लागि अस्थायी बसोबासको प्रबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले शनिबार बिहानैदेखि सुकुमवासी बस्ती हटाउने कार्यलाई तीव्रता दिएसंगै प्रभावित सुकुमवासीहरूको व्यवस्थापनको काम पनि अघि बढाइएको छ।

स्थानान्तरण गरिने सुकुमवासीहरूका लागि आज र भोलि प्याकेटमा खानाको व्यवस्था गर्ने भएको छ। उनीहरूलाई उपत्यकाभित्रै पाँच स्थानमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ।

ती क्षेत्रहरु नागार्जुन–९ (इचङ्गु) मा निर्माण भएका ४२ वटा आवास युनिट रहनेछ । त्यसैगरी, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवनमा र भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा समेत सुकुमवासीहरूलाई राख्ने तयारी गरिएको छ।

साथै, खरीपाटी र चाँदबाग क्षेत्रका सरकारी भवन तथा खाली जग्गामा पनि अस्थायी बसोबासको व्यवस्था गरिनेछ।यी सबै संरचनाहरू यसअघि नै निर्माण गरिएका हो ।