सरकार खोज्दै रंगशाला आउन थाले सुकुमबासी

सरकार खोज्दै रंगशाला आउन थाले सुकुमबासी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपत्यकाका विभिन्न नदी किनारका बस्तीमा डोजर चलाएर हटाइएका ३ हजार बढी सुकुमबासीले सरकारको रेकर्डमा नाम दर्ता गराएका छन् ।

डोजर चलाउनुअघि विभिन्न हल्लाका कारण भागेका सुकुमबासी क्रमश: सरकारको सम्पर्कमा आएर विवरण दर्ता गराउन थालेका हुन् ।

सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई सुकुमबासीको ‘होल्डिङ सेन्टर’ बनाएको छ । थापाथलीबाट हटाइएका केहीलाई नयाँ बसपार्कका होटलमा राखिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणका कर्मचारीले डेस्क राखेर सुकुमबासीको विवरण दर्ताको काम गरिरहेका छन् ।

सोमबारसम्म ८२२ परिवारका ३ हजार ३६७ जनाको नाम दर्ता भएको छ । सरकारले शनिबार र आईतबार थापाथली, मनोहरा, गैरीगाउँ र सिनामंगल क्षेत्रमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएको थियो ।

सुकुमबासीलाई राख्न उपत्यकाका विभिन्न ५ स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएका छन् ।