काठमाण्डु- टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुम्बासी बस्ती खाली गराउने तयारी तीव्र भएपछि त्यहाँ बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरूले आफ्नो सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बस्ती हटाउने सम्बन्धी सूचना जारी गरेपछि बिहीबारदेखि सुकुम्बासीहरूले आफ्नो घरायसी सामग्री ओसार्न सुरु गरेका हुन्।
यसअघि बुधबार काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्दै स्थान खाली गर्न आग्रह गरेको थियो। महानगरले नदी किनार अतिक्रमण हटाउने अभियान अन्तर्गत यस्तो कदम चालेको जनाएको छ।
अब वंशीघाटसँगै रानीबारी लगायतका अन्य क्षेत्रबाट पनि सुकुम्बासी बस्ती हटाउने तयारी भइरहेको छ।
महानगरको यो कदमसँगै वैकल्पिक व्यवस्थाको माग गर्दै प्रभावित बासिन्दाहरू चिन्तित बनेका छन्।




प्रतिक्रिया