सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कुचैनीमा


काठमाण्डु – सनराइज बैंक लिमिटेडले कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement