सन सेक्युरिटिजद्धारा विदेशमा रहेका श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालन


काठमाण्डु-  सन सेक्युरिटिज प्रालिले रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । सनले यो खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्ने योजना रहेको जनाएको छ ।

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेर थोर रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यो सेवाको शुरुवात गरेको दावी गरेको छ ।

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement