एक क्वीन्टल सुन प्रकरण: चिनियाँ व्यापारीको गोदाममा छापा, ६ वटा ठूला बाकस भेटिए


काठमाण्डु- राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । विभागको टोलीले त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन नियन्त्रणमा लिएको थियो ।

ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।

विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन । उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement