सुन्दरीजलको बोक्सेदहमा एक महिलाको शव फेला

सुन्दरीजलको बोक्सेदहमा एक महिलाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाडौंको सुन्दरीजलमा एक महिलाको शव फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ढुंगामा च्यापिएको अवस्थामा महिलाको शव फेला परेको हो।

शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घुम्न गएकी ती महिलाको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन । मृतकको पहिचान खुलाउने र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।