आइतबार सार्वजनिक बिदा


काठमाडौं – सरकारले जेठ २६ गते आइतवार सार्वजनिक बिदा दिने भएको छ ।

भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement