निर्वाचन क्षेत्रका आलोचकलाई साइबर ब्युरो लगाउने काठमाण्डु–२ का सांसद केसीको धम्की

निर्वाचन क्षेत्रका आलोचकलाई साइबर ब्युरो लगाउने काठमाण्डु–२ का सांसद केसीको धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुनिल केसीले आफ्नो आलोचना गर्नेहरूलाई साइबर ब्युरो लगाउने धम्की दिएका छन् ।

सोमबार शंखरापुर नगरपालिका ९ संकल्प नेपालले निर्माण थालेर अलपत्र छाडेको वृद्धाश्रमबारे सार्वजनिक लेखा समितिको टोलीसँगै निर्वाचन क्षेत्र पुगेका केसीले आलोचना गर्नेहरूलाई साइबर ब्युरो लगाएर ठीक पार्ने बताएका हुन् ।

स्थलगत अनुमगनका क्रममा केसीको शैलीलाई हुकुमी शैली लादेको भन्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, ९ का वडाध्यक्ष सहदेव श्रेष्ठ, वडा सदस्य मिलन खड्का लगायतले आपत्ति जनाएका थिए । त्यसक्रममा उनीहरूबिच चर्को विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको शैलीलाई जनप्रतिनिधि र अरु दलका समर्थकले स्टन गरेको आरोप लगाएका छन् ।

त्यहाँबाट फर्किएपछि केसीले आफूलाई भागेको आरोप लगाएको भन्दै आलोचकहरूविरुद्ध साइबर ब्युरोमा उजुरी गर्ने चेतावनी दिए । केसीले फेसबूकमा लेखेका छन्, ‘सार्वजनिक लेखा समितिसहित अनुगमन गर्ने गएको मानिसलाई भाग्यो भनेर भ्रम समाचार हाल्ने र हाल्न लगाउनेविरुद्ध अब साइबर ब्युरोमा उजुरी दिनेछ ।’