सहकर्मी न्यायाधीशलाई पोखेलको सुझावः मुद्धा फैसला गरेका दिन सामाजिक सञ्जाल नहेर्नु

सहकर्मी न्यायाधीशलाई पोखेलको सुझावः मुद्धा फैसला गरेका दिन सामाजिक सञ्जाल नहेर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू–सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले फैसला वा पैरबीका कारण सामाजिक सञ्जालमा आउने प्रशंसा र विरोधले न्यायाधीशको मनोविज्ञानमा असर पर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा पोखरेलले सार्वजनिक चासोका मुद्दामा फैसला गरेका दिन सामाजिक सञ्जालबाट टाढै रहन सहकर्मी न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गरे ।

सार्वजनिक सरोकारको मुद्दामा फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने तर्क उनको थियो ।

‘कुनै फैसलामा प्रशंसा पाउँदा म त भयंकर रहेछु भन्ने र विरोध हुँदा राक्षस नै रहेछु भन्ने सोचाइको विकास हुन्छ’, उनले भने, ‘जुन दिन सार्वजनिक सरोकारको मुद्धा हेर्नुहुन्छ वा पैरबी गर्नुहुन्छ त्यो दिनको बेलुका अनलाइन मिडिया र सामाजिक सञ्जाल नहेर्नु ।’