राप्रपा सहमहामन्त्री सुनिल थापासहित ३० जना नेताले दिए सामूहिक राजीनामा, कांग्रेस प्रवेश गर्ने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहित ३० जना नेताले राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको सबै भन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन् । मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ । एकता पश्चात बनेको केन्द्रिय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्य समितिमा रही योगदान पु¥याएका महत्वपूर्ण साथीहरुलाई समेत समावेश नगरिएको तथ्यले समितिहरुको गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्टै देखिएको छ । देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना भएको छैन भने कैयौं जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको छ । पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ । तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो । हामीले यस सन्दर्भमा आफ्ना
धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ । उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं ।’

अध्यक्ष पशुपतिसमशेर राणालाई इमेलमार्फत राजीनामा लेख्दै सहमहामन्त्री रहेका थापासहित, सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा, सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।

त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका हुन् ।

उनीहरु सबै कांग्रेसमा प्रवेश गर्ने भएका छन् । प्रवेश गरेका केही नेतालाई कांग्रेसले पदाधिकारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement