मेरो चरित्र हत्या भयोः सुनिल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता तथा पुर्वमन्त्री सुनिलबहादुर थापाले आफ्नो राजनीतिक चरित्र हत्या गरेको बताएका छन् ।

नेता थापाले केही अनलाइन समाचार पोर्टलहरूले निराधार रुपमा समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन् ।

कपोलकल्पित, भ्रामक तथा एकतर्फी रुपमा आएका ती समाचारहरूको पछाडि नलाग्न थापाले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूसँग अपील गरेका छन् ।

उनी हाल धनकुटामा राजनैतिक कार्यक्रममा गएका छन् । राप्रपा (संयुक्त) का प्रवक्ता जनकराज पाठकले थापाले पार्टी छोड्ने कुरामा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘थापाले पार्टी नछाड्ने बताउनु भएको छ । त्यसैले उक्त समाचारमा कुनै सत्यता छैन । उहाँले म राप्रपा को संस्थापक अध्यक्षको छोरा मेरा पिताजीले दुःख, कष्ट र संघर्ष झेल्दै स्थापना गरेको पार्टी छोडेर ‘कांग्रेसमा प्रवेश गर्ने कुरै आउँदैन’, उनले भने, ‘यस्ता निराधार समाचारले पार्टीमाथि नै आँच पुर्याएको छ ।’

उनले अनलाइनहरूमा प्रकाशित यस्ता समाचारबाट आफू विचलित नभएको प्रष्ट पारेका छन् ।

राप्रपा(संयुक्त) ले यस्ता कपोलकल्पित, भ्रामक समाचारको पछि नलाग्न सबै नेता तथा कार्यकर्ता हरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement