सन्नी लियोनी बनिन् गुगलमा सर्वाधिक खोजिने पहिलो व्यक्ति


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शाहरूख खानलाई पछि पार्दै नायिका सन्नी लियोनी गुगलमा सवाधिक खोजी गरिने पहिलो व्यक्तिमा परेकी छन् ।

गत वर्षसँगै यस वर्ष पनि भारतको अगस्टसम्मको आँकडामा उनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन् ।

गुगलका अनुसार भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा धेरै खोजी गरेका छन् । प्रयोगकर्ताहरूले सन्नीको वायोपिक ‘करणजीत कौरः द अन्टोल्ड स्टोरी’लाई पनि खोजेका छन् ।

उनलाई भारतको पूर्वोत्तर राज्य मणिपुर तथा असममा धेरै खोजिएको छ । आफू धेरै गुगुल गरिने अभिनेत्रीमा परेको जानकारी पाएकी सन्नीले यसको श्रेय आफ्ना प्रशंसकलाई दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement