शरणार्थी प्रकरणको मुद्दा: सर्वोच्चमा अन्तिम सुनुवाइ जारी


काठमाण्डु- भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ भइरहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाण्डु  जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डु, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement