सुदूरपश्चिमका वनमन्त्री लेनदेन विवादमा, राजीनामा गर्न दबाब

सुदूरपश्चिमका वनमन्त्री लेनदेन विवादमा, राजीनामा गर्न दबाब


काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी विवादमा परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सरकारमा सहभागी मन्त्री चौधरीले अनुचित लेनदेनका लागि कुराकानी गरेको विषय आएपछि उनी विवादमा परेका हुन् ।

लेनदेन सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाएको स्रोतले जनाएको छ ।

विवाद आएपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलकुमार शाहले उनलाई राजीनामा दिन दबाब दिएका र राजीनामा नदिए पदमुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर मुख्यमन्त्री शाहले यसबारे काठमाण्डुपाटीसँग खुलेर कुरा गर्न चाहेनन् ।

यसअघि लेनदेनको अडियो सार्वजनिक भएपछि नाउपाकै मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिनुपरेको थियो ।