संवैधानिक इजलास बस्दै, प्रधानमन्त्री कार्यालयविरुद्धका ७ मुद्दामा सुनुवाइ हुँदै


काठमाण्डु – सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो ।

सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गर्छ । प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा सम्मिलित आजको इजलासमा १० वटा मुद्दा पेशीमा चढेको छ । जसमा ७ वटा त मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्धका उत्प्रेषण मुद्दा छन् ।

अधिवक्ताहरु महेशकुमार श्रेष्ठ, मणिराम निरौला, अच्युतप्रसाद खरेल, मञ्जु सुवेदी, ले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

त्यसैगरी प्रभुनारायण ठाकुर, नेपाल श्रमिक आपूर्तिकर्ता संघको तर्फबाट अध्यक्ष रामेश्वर साह, जिफोरएस सेक्यूरिटी सर्भिसेज नेपालबाट तर्कराज भट्टले प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement