सर्वोच्चद्धारा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाण्डु- सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दर्ता भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दर्ता भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उक्त रिटमाथि सरकारको नाममा कारण देखाऊ आदेश जारी भएको छ । सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेको छ । महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले सरकारले गरेको स्थानीय तहको निर्वाचन मिति संवैधानिक विपरित भएको भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध निवेदन लिएर पुगेका साहले इजलासबाट रिट दर्ता गर्न आदेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement