सर्वोच्चद्वारा न्याय सेवाका सहसचिवहरूको सरुवा (सूची)

सर्वोच्चद्वारा न्याय सेवाका सहसचिवहरूको सरुवा (सूची)

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले ७ जना न्याय सेवाका सहसचिवहरूको सरूवा गरेको छ । सर्वोच्च अदालतमा सह–रजिष्ट्रार र उच्च अदालतमा रजिस्ट्रार रहेका उनीहरूको सरुवा गरिएको हो ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनको रजिस्ट्रारमा सरुवा गर्दै त्यहाँका रजिष्ट्रार मानबहादुर कार्कीलाई सर्वोच्च अदालतको सहरजिस्ट्रारमा सरुवा गरिएको छ ।

उच्च अदालत तुलसीपुरका रजिस्ट्रार उच्च अदालत पोखरामा सरुवा भएका छन् भने उच्च अदालत पोखराका रजिस्ट्रार अच्युत कुइँकेल सर्वोच्च पठाइएका छन्।

प्रशासकीय अदालतका रजिस्ट्रार गजेन्द्रबहादुरसिंह फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकमा सरुवा भएका छन्। काजमा सर्वोच्च अदालतमा रहेका रामप्रसाद भट्टराई प्रशासकीय अदालतमा सरुवा भएका छन्।

फैसला निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेललाई उच्च अदालत तुलसीपुर सरुवा गरिएको छ।