सर्वोच्चका लागि चार न्यायाधीशको नाम सिफारिस

सर्वोच्चका लागि चार न्यायाधीशको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद् बैठकले उच्च अदालतका चारजना वरिष्ठ न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

सिंहदरबारमा बसेको परिषद्को बैठकले लामो समयदेखि खाली सर्वोच्चको न्यायाधीश पदपूर्तिका लागि उक्त निर्णय लिएको हो। सिफारिस हुने उच्च अदालतका मुख्य न्यायाधीश छन् ।

परिषद्को सिफारिसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्। डा. बागचन्दसहित सिफारिस भएकाहरू उच्च अदालतका मुख्य न्यायाधीशका रुपमा काम गरिसकेका छन्।

न्याय परिषद्को यो सिफारिसमा परेकाहरूले अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ । संसदीय सुनुवाइबाट अनुमोदित भएपछि उनीहरू सर्वोच्चमा नियुक्त हुने छन्।