प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (बिहीबार) राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा सम्बन्धी विषय र आवश्यक रणनीतिक तयारीबारे छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था छ।

बैठकबाट समसामयिक सुरक्षा चुनौती, सीमा सुरक्षा, आन्तरिक सुरक्षा व्यवस्थापनका लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।