राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै


काठमाडौं  – समग्र राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।

विप्लव समूहका गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने नीतिका बारेमा छलफल गर्न सिंहदरबारस्थित परिषद्को सचिवालयमा दिउँसो तीन बजेका लागि बैठक बोलाइएके हो ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भएर काम गर्ने व्यवस्था छ । यसअघि संसद सचिवालयमा दर्ता भएको सुरक्षा परिषद्सम्बन्धि विधेयकमा प्रधानमन्त्रीले अधिकार केन्द्रीत गर्न खोजेको भन्दै चर्को विरोध हुँदै आएको छ ।

यसैबीच सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सुरक्षा परिषद् बैठक ३ बजे र ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement