काठमाण्डु– सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे)मा खाल्डो परेपछि लागि हवाई उडान सेवा बन्द भएको छ।
जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो।
मंगलबारदेखि रोकिएको सेवा अझै पुनः सुचारु हुन सकेको छैन, जसले गर्दा दैनिक हवाई सेवा प्रयोग गर्ने यात्रुहरू वैकल्पिक मार्ग रोज्न बाध्य भएका छन्।
विमानस्थलको नेवार स्कुलतर्फको उत्तरी भागमा जमिनमुनिबाट पानी निस्किएपछि रनवेमा खाल्डो पर्न थालेको हो।
सुरुवाती मर्मतपछि पुनः १० मिटरको दूरीमा अर्को स्थानबाट पानी निस्किएपछि शुक्रबारसम्मका लागि उडान अवरुद्ध गरिएको विमानस्थल प्रमुख हिराज काफ्लेले जानकारी दिए।
पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने र शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको काफ्लेले जानकारी दिए।
प्रतिक्रिया