‘कार्साङ’ मा भित्रिइन् सुरक्षा


काठमाण्डु- फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि पन्तलाई छनौट गरेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् ।

फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ छानिएका थिए । सुरक्षा भित्रिएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले बताए । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नवनायिकाको रूपमा छिरिङ शेर्पा छिन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद छ । शेर्पा यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको तिहार लगतै छायाङ्कन सुरु हुनेछ । फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement