आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । आज आगामी आव २०८३ र ८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने बताए ।

उनका अनुसार महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ । मेची, अरुण, कोशी, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने मन्त्री वाग्लेले बताएको छ ।

उनका अनुसार काठमाडौँ चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको विस्तार कार्य सुरु गरिनेछ । बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ । टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने मन्त्री वाग्लेले बताएको छ ।

कर्णाली प्रदेशको जनजीवन सहज बनाउन जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ, मन्त्री वाग्लेले बताए । खुर्कोट–चियाबारी, भानकोट–चिप्लाङ, मजिमटार–शक्तिखोर तथा चिसापानी–बबई सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययनसमेत अगाडि बढाइने बताए।